दफा २३
सिफारिस समिति
(१) उपाध्यक्षको नियुक्तिको लागि नाम सिफारिस गर्न नेपाल सरकारले देहाय बमोजिमको एक सिफारिस समिति गठन गर्नेछ:-
(क) लोक सेवा आयोगको अध्यक्ष – संयोजक
(ख) नेपाल सरकारको मुख्य सचिव
वा निजले तोकेको प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयको सचिव –सदस्य
(ग) चिकित्सा क्षेत्रका प्राध्यापकहरुमध्ये
नेपाल सरकारले तोकेको महिला एकजना –सदस्य
(२) उपदफा (१) बमोजिमको सिफारिस समितिले आफ्नो काम प्रारम्भ गरेको मितिले तीस दिनभित्र उपाध्यक्ष पदमा नियुक्तिको लागि नेपाल सरकार समक्ष तीन जनाको नाम सिफारिस गर्नु पर्नेछ।
(३) उपाध्यक्षको पदमा नियुक्तिको लागि नाम सिफारिस गर्दा अवलम्बन गर्नु पर्ने कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।